बंगलादेशले टी–२० विश्वकप नखेल्ने, नेपालको प्रतिस्पर्धी समूहमा स्कटल्यान्ड

शनिबार, ११ माघ, २०८२
डिजिटल संस्करण

२३ माघ बाट सुरु हुने टी२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्डले खेल्ने निर्णय गरेको छ । योसँगै समूह ‘सी’ मा नेपालले बंगलादेशको सट्टा स्कटल्यान्डसँग खेल्ने भएको छ । समूहमा नेपालसहित दुईपटकको च्याम्पियन वेष्ट इन्डिज, एक पटकको च्याम्पियन इंग्ल्यान्ड र इटाली रहेका छन् । 

बंगलादेशले अन्तिम समयसम्म टिम दर्ता नगरेपछि आइसिसीले वरियताको आधारमा यसअघि छनोट हुन नसकेको स्कटल्यान्डलाई खेल्न दिने निर्णय गरेको हो । भारत र बंगलादेशबीचको भूराजनीतिक द्वन्दका कारण सुरक्षाको कारण देखाउँदै बंगलादेशले भारतमा खेल्न नसक्ने दाबी गर्दै आएको थियो । बंगलादेशको सो दाबीलाई आइसीसीले अस्वीकार गर्दै स्कटल्यान्डलाई खेलाउने निर्णय गरेको हो। यो निर्णयअनुसार  नेपालको समूहमा वेष्ट इन्डिज, इंल्याण्ड, इटाली र स्कटल्याण्ड खेल्ने भएका छन्। 

 यससँगै पाकिस्तानले पनि भारतमा विश्वकप खेल्ने विषयमा पुनर्विचार गर्ने जनाएको छ। 
 

सुझावित समाचार