महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले जिम्बावेविरुद्ध फिल्डिङ रोज्यो

शनिबार, १० माघ, २०८२
डिजिटल संस्करण

महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बावेविरुद्धको महत्वपूर्ण खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा शनिबार भएको खेलमा नेपाली कप्तान इन्दु बर्माले टस जित्दै पाहुना टोली जिम्बावेलाई पहिले ब्याटिङको निम्तो दिएकी हुन् ।

नेपाल र जिम्बावेबीच महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो पहिलो भेट हो । सुपर सिक्स चरणमा पुग्ने सम्भावना जोगाइराख्न नेपालका लागि यो खेल जित अनिवार्य बनेको छ । पहिलो पटक टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा छ ।

नेपालले यसअघि खेलेका दुई खेलमा हार बेहोरेको छ । नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग अन्तिम क्षणमा २ रनले पराजय व्यहोर्नुपरेको थियो । उता जिम्बावे भने लगातार तीन खेलमा पराजित भइसकेपछि सुपर सिक्सको दौडबाट बाहिरिएको छ । जिम्बावे यस प्रतियोगितामा नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँग हारको सामना गरिसकेको छ ।

सुझावित समाचार