नेपाली कांग्रेसले आगामी राजनीतिक नेतृत्वका लागि गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत रूपमा थापाको नाम अनुमोदन गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
उपसभापति विश्वप्रकाश शर्माले बैठकमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले समर्थनसहित पारित गरेको हो।