सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ। बैठकबाट भएका नाैवटा निर्णय सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश आर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन्।
प्रवक्ता आर्यालका अनुसार बैठकमा समसामयिक विषयदेखि नीतिगत निर्णयसम्म समेटिएका छन्। सरकारले पारदर्शिता कायम गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठकका निर्णयहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।
