मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर कल्याणविक्रम पाँडेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। बिहीबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उनले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा नवनियुक्त अध्यक्ष पाँडेले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम शपथ लिएका हुन्। संस्थाको सञ्चालक समितिको २०८२ पुस ३० गते बसेको १८२औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा अध्यक्षमा पुनः चयन गरेको थियो। पाँडे यसअघि पनि संस्थाको संस्थापक (ग्लोबल आइएमई बैंक लिमिटेड) समूहको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अनुभवी बैंकर हुन्। हाल उनी सो बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन् ।
शपथग्रहण कार्यक्रममा संस्थाका कम्पनीसचिव तथा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललगायतको उपस्थिति रहेको थियो।