चर्च ब्वाइजविरुद्ध एपिएफको चार गोल

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

उपाधि दाबेदार चर्च ब्वाइजविरुद्ध राष्ट्रिय लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सानदार प्रदर्शन गर्दै ४–१ को जित निकालेको छ । 

बिहीबार च्यासल मैदानमा सानदार प्रदर्शन गर्दै एपिएफ उपाधि दाबेदारविरुद्ध हाबी भएको हो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समिराज थोकर र प्रदीप खड्काले समान एक गोल गरेका छन् । 

प्रतियोगितामा एपिएफले सानदार प्रदर्शन जारी राखेको छ । पहिलो खेलमा टोलीले फ्रेन्ड्स क्लबलाई १–० ले हराएको थियो । यो जितपछि टोली ६ अंकसहित शीर्ष स्थानमा फर्किएको छ । 

यता, चर्च भने दोस्रो खेलमा पनि तीन अंक जोड्न असफल भयो । चर्च पहिलो खेलमा श्री भगवतीसँग १–१ को बराबरीमा रोकिएको थियो ।

सुझावित समाचार