आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

नेपाललाई दुई रनले हराउँदै नेदरल्यान्ड्सले आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा लगातार तेस्रो जित निकालेको छ।  बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले २० ओभरमा १३८ रन बनाएको हो। 

जितपछि नेदरल्यान्ड्सले तीन खेलबाट ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेपको छ। नेपाल भने लगातार दोस्रो खेलमा पराजित भयो। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो । 

नेपालको लागि पूर्वकप्तान रुविना क्षेत्रीले ३२ बलमा सर्वाधिक ३७ रन जोडिन्। उनले पाँच चौका प्रहार गरिन्। सीता रानामगरले अविजित २७ रन बनाइन्।  विन्दु रावलले १८ तथा सम्झना खड्काले १४ रन बनाए। 

यसअघि नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डी लिडले सर्वाधिक ४९ रन बनाइन्। स्टेर कालिसले ३० तथा रोबिन रिज्केले अविजित १९ रनको योगदान गरिन्। नेपालका लागि पूर्वकप्तान रुविना क्षेत्रीले दुई तथा सोमु विष्ट, पूजा महतो, रिया शर्माले समान एक विकेट लिएका थिए।
 

सुझावित समाचार