च्याम्पियन्स लिग : सात खेलसम्म अपराजित आर्सनल

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण
  • युरोपियन च्याम्पियन्स लिगमा लगातार सात जितका साथ इंग्लिस क्लब आर्सनल शीर्ष स्थानमा

इंग्लिस क्लब आर्सनलले युरोपियन च्याम्पियन्स लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । च्याम्पियन्स लिगको मंगलबार राति भएको प्रतिस्पर्धामा आर्सनलले इन्टरमिलानलाई ३–१ ले हरायो । आर्सनलको यो लगातार सातौँ जित हो । आर्सनलको जितमा ग्याब्रियल जेससले दुई गोल गरेका थिए । यसैगरी, भिक्टर ग्योकेरेसले मिलानको पोस्टमा एक गोल गरेका थिए । मिलानका पेटार सुसिकले एक गोल फर्काए । अपराजित आर्सनलले जितसहित २१ अंक बटुलेको छ । मिलान १२ अंकका साथ नवौँ स्थानमा छ ।

खेलको दसौँ मिनेटमै आर्सनलले १–० को अग्रता लियो । जेससले आर्सनललाई सुरुवाती अग्रता दिलाएका हुन् । खेलको १८औँ मिनेटमा सुसिकले मिलानलाई १–१ को बराबरीमा ल्याए । उनको गोलसँगै खेल प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको थियो । तर, मिलानले त्यसपछि गतिलो प्रदर्शन गर्न सकेन । खेलको ३१औँ मिनेटमा जेससले आर्सनललाई २–१ कोअग्रता दिलाए । मध्यान्तरमा आर्सनलले कुनै थप गोल गर्न सकेन । ग्योकेरेसले ८४औँ मिनेटमा गोल गर्दै आर्सनलको ३–१ को जित पक्का पारे । 

यसैगरी, अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीले हारको सामना गरेको छ । बोडो ग्लिम्पटले सिटीलाई ३–१ ले हरायो । बोडोको जितमा क्यासपर होगले २ गोल गरे भने जेन्स हजले १ गोल गरे । सिटीका रायन चेर्कीले १ गोल गरे । जितसँगै बोडो ग्लिम्पटले ७ खेलबाट ६ अंक बनाएको छ । बोडो २७औँ स्थानमा छ । म्यानचेस्टर सिटीले ७ खेलमा १३ अंक बनाएर सातौँ स्थान रक्षा गरेको छ । 

बोडोले पहिलो हाफमा सिटीविरुद्ध २–० को अग्रता लिएको थियो । क्यासपर होगले दुई मिनेटको अन्तरमा दुई गोल गरेका थिए । उनले खेलको २२औँ र २४औँ मिनेटमा गोल गरी बोडोलाई मध्यान्तरअघि २–० ले अगाडि राखे । खेलको ५८औँ मिनेटमा हजले बोडोलाई ३–० को बलियो स्थितिमा राखे । खेलको ६०औँ मिनेटमा चेर्कीले म्यानचेस्टर सिटीलाई ३–१ को अन्तरमा राखे । खेलको ६२औँ मिनेटमा रोड्रीले रातो कार्ड पाउँदा सिटी १० खेलाडीमा सीमित भएको थियो ।

रियल म्याड्रिडको फराकिलो जित
स्पेनिस क्लब रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा मोनाकोमाथि ६–१ को सानदार जित निकालेको छ । जितपछि रियल ७ खेलमा १५ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । मोनाको भने ९ अंकसहित २०औँ स्थानमा छ । रियलको सानदार जितमा केलियन एम्बाप्पेले दुई गोल गरेका थिए । फ्रान्को मास्तानतुनो, भिनिसियस जुनियर र जुड बेलिङघमले समान एक गोल गरे । 

See More On

सुझावित समाचार