बालेन शाहद्वारा झापा २ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन

बुधबार, ८ माघ, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले झापा २ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन्। बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्। 

भेटका क्रममा दुवै नेताबिच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बालेनको सचिवालयले जनाएको छ।  बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा २ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताएका छन्।  

बालेन झापा ५ बाट चुनावी प्रतिस्पर्धामा छन्। उनलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। 
 

सुझावित समाचार