नवलपुर १ मा कांग्रेसका २ जना उमेदवार

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

नवलपुर क्षेत्र नं. १ मा कांग्रेसका २ जना उमेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय नवलपुर १ का सूचना अधिकारी प्रेमप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसबाट नवलपुर १ मा बालकृष्ण घिमिरे र गजेन्द्र आलेमगरले उम्मेदवारी दिएका छन्। 

गजेन्द्रले सोमबार पार्टीबाट टिकट पाएका थिए भने बालकृष्ण घिमिरेले मंगलबार पार्टीबाट टिकट पाएका हुन्। बालकृष्ण घिमिरे आफैँ निर्वाचन अधिकृतको कार्यालयमा आएर उमेदवारी दर्ता गराएका हुन् भने गजेन्द्र आलेमगरले वारेसनामामार्फत उमेदवारी दता गराएका थिए। 

सूचना अधिकारी प्रेमप्रसाद पौडेलले एउटै पार्टीबाट २ जनाको उमेदवारी परेको हकमा बिहीबार छलफलमा बोलाएर टुंगो लगाउने बताए।

सुझावित समाचार