सिन्धुलीमा नेपाल एसबिआई बैंक डकैतीमा संलग्न एक अभियुक्त काठमाडौंको कीर्तिपुरबाट पक्राउ परेका छन्। सिन्धुलीको घ्याङलेख गाउँपालिका २ घर भएका ५३ वर्षीय ज्ञानबहादुर ब्लोन तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ गरेको हो।
कीर्तिपुर ७ सुक्खा बन्दरगाह क्षेत्रबाट पक्राउ गरी उनलाई सिन्धुली पठाइएको एसपी काजी आचार्यले बताए।
गत २९ पुसमा सिन्धुलीको घ्याङलेखस्थित नेपाल एसबिआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार डकैती भएको थियो। जसमा संलग्न सातजना यसअघि नै पक्राउ परिसकेका छन्।