बुटवलमा सिजी डिजिटलको सोरुम सञ्चालन, २५ प्रतिशतसम्म छुट

मंगलबार, ६ माघ, २०८२
डिजिटल संस्करण

सिजी डिजिटलले रुपन्देहीको बुटवलस्थित आदर्शनगर (ट्राफिक चोक, पाल्पा रोड)मा आफ्नो २८औँ अत्याधुनिक सोरुम सञ्चालनमा ल्याएको छ । 

सोनाम लोसारको अवसरमा सञ्चालनमा ल्याइएको सोरुमको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याललगायतले गरेका हुन् । उद्घाटन कार्यक्रममा उद्योग व्यापार संघका अध्यक्ष लोकनाथ पन्थी तथा कम्पनीका महाप्रबन्धक वसन्त पाल पनि उपस्थित थिए । 

यस नयाँ सोरुममा ग्राहकले विश्वस्तरीय र भरपर्दो ब्रान्डका इलेक्ट्रोनिक्स सामान एकै छानामुनि पाउनेछन् । एलजी, सिजी, सिजी मेरिडिया, टिसिएल, गोदरेज, बेकेका, माइडिया, सेन्सेई, केन्ट, इलिका, ब्ल्याक प्लस डेकेर, क्रम्पटन, बर्लीजस्ता प्रसिद्ध ब्रान्डका घरायसी उपकरणहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, ग्याजेटप्रेमीका लागि आइफोन, नथिङ, उसएमएफ, मोटोरोलाका पछिल्ला उत्पादनसमेत प्रदर्शनमा राखिएको बताइएको छ । 

सिजीले बुटवलवासी ग्राहकको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्रिमियम सेवा उपलब्ध गराउने बताएको छ । जसमा नि:शुल्क डेलिभरी र जडान, खरिद गरिएका सामान सुरक्षित रूपमा घरसम्म पुर्याउने र दक्ष प्राविधिकद्वारा नि:शुल्क जडान गरिनेछ । 

त्यस्तै, शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधामा नागरिकताकै आधारमा सामान लैजान सकिने व्यवस्थासमेत उपलब्ध रहेको बताइएको छ । सोरुम उद्घाटनका अवसरमा २५ प्रतिशतसम्म नगद छुटका साथै प्रत्येक ठुला सामान खरिदमा ग्राहकले आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुझावित समाचार