श्रम संस्कृति पार्टीबाट खोटाङमा आरेन राई उम्मेदवार

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिने भएका छन्। महासचिव आरेनले खोटाङबाट उम्मेदवारी दिने गरी टिकट लिएको जिल्ला अध्यक्ष प्रताप राईले जानकारी दिएका छन्।  

०८० मा मंगोल नेसनल अर्गनाइजेसन पार्टी परित्याग गरेका महासचिव आरेन जिल्लामा पहिचानवादी नेताका रूपमा परिचित छन्। 

यसैबिच, श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा पेस गरेको ११० जना समानुपातिक उम्मेदवारको सूचीसमेत सार्वजनिक भएको छ। जसमा खोटाङका पाँचजना नेताको नाम समावेश भएको पाइएको छ। 

आदिवासी जनजाति महिला कोटामा पार्टीका जिल्ला उपाध्यक्ष उमा चाम्लिङ राई, चन्द्रकला याखा र समला राई, आदिवासी जनजाति पुरुष कोटामा सीताराम राई तथा दलित महिला कोटामा कोपिला घिमिरे रहेका छन्। श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा बुझाएको पाँचजना उम्मेदवारमध्ये सीताराम राई तत्कालीन जिल्ला विकास समिति खोटाङका उपसभापति हुन् भने अन्य चारजना नयाँ अनुहार छन्।
 

सुझावित समाचार