आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोटबाट कांग्रेसले हर्षबहादुर बमलाई उम्मेदवार बनाएको छ। कांग्रेस कालीकोटका पूर्वसभापति बमलाई कांग्रेस सभापति गगन थापाले आधिकारिक पत्र हस्तान्तरण गरेका हुन् ।
यसअघि युवा नेता भूपेन्द्रजंग शाहीलाई कांग्रेस जिल्ला कार्यसमितिले एकल उम्मेदवार सिफारिस गरेको थियो । २१ फागुनमा हुने निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ ।