आइतबार महानगर छोडेर रास्वपा प्रवेश गरेका बालेन सोमबार लहान आइपुगे

मधेस विद्रोहका सहिदहरुको शालिकमा माल्यार्पण गरे, तर केहि बाेलेनन्

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका प्रमुखबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त पार्टी प्रवेश गरेका बालेन्द्र (बालेन) शाह सोमबार बिहान  सिराहाको लहान आएका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, पार्टीका समर्थक शुभचिन्तकहरूको साथमा सोमबार बिहान ८ बजे लहान आइपुगेका उनले लहान १ स्थित सहिद स्मारकमा मधेश विद्रोहका सहिदहरूको सालिकमा माल्यार्पण गरे । शुभचिन्तककाे भिडमा उनले सालिकमा माल्यार्पण गरेपछि केही बोलेनन्, तर भिडले ‘बालेन’ भन्दै नारा लगाएको थियो । 

१ माघ ०६३ मा जारी भएको अन्तरिम संविधानमा मधेश र मधेशीको उपेक्षा तथा संघीयता नराखिएको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको आह्वानमा संघीयता, जनसंख्याको आधारमा समानुपातिक सहभागितालगायतको मागसहित लहानबाट आन्दोलन सुरु भएको थियो । लहानमा ५ माघमा विद्यार्थी रमेशकुमार महतो मारिएपछि विद्रोहको रूपमा परिणत भएको थियो । विद्रोहका क्रममा महतोसहित लहान– १५ ढोढना मोहनपुरका बेचन यादव, लहान– ४ का विजय सहनी, सखुवानन्कारकट्टी गाउँपालिका– ३ मिर्जापुरका प्रमोद सदाय र ५ महेशबारीका मोहम्मद अनिश सहिद भएका थिए । 

See More On

सुझावित समाचार