नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापा–विश्वप्रकाश शर्मा नेतृत्वलाई आधिकारिकता दिने निर्णय नमान्ने बताएका छन्।
निर्णय सुनाउनुअघि १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिलाई नबोलाएको भन्दै उनले आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप लगाए।
‘प्रक्रियागत रूपमा षड्यन्त्रपूर्ण छ, कानुनी रूपमा षड्यन्त्रपूर्ण छ, वैधानिक रूपमा षड्यन्त्रपूर्ण छ, नेपाली कांग्रेसको विधान र नियमावलीको सर्वथाविपरीत निर्णय आएको छ। यो निर्णय नेपाली कांग्रेस खारेज गर्दछ, यो हामीलाई अमान्य छ,’ उनले भने।
खड्काले आयोगको निर्णयविरुद्ध राजनीतिक र वैधानिक लडाइँ लड्ने प्रस्ट पारे।