नबिलका अध्यक्षले लिए शपथ

शुक्रबार, २ माघ, २०८२
डिजिटल संस्करण

नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समिति अध्यक्ष निर्वाणकुमार चौधरीले पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसामु बुधबार शपथ लिएका हुन् ।

चौधरीलाई समितिको २८ पुसको बैठकले सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो । व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रूपमा जिम्मेवारी बहन गर्दै आएका छन् ।

समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउन्डेसनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सिएनआई)को वरिष्ठ उपाध्यक्ष पनि हुन् ।

सुझावित समाचार