नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियन पूर्वबलर इयान हार्भेलाई नेपाली राष्ट्रिय टिमको बलिङ कन्सल्ट्यान्टको रूपमा भित्र्याएको छ । क्यानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हार्भेलाई आगामी महिना भारत र श्रीलंकामा हुने टी–२० विश्वकपको लागि टोलीमा समावेश गरेको जानकारी गराएको हो।
यति वेला मुख्य प्रशिक्षक स्टुआर्ट लले नेपाली टिमलाई भैरहवामा अभ्यास गराइरहेका छन्। विश्वकपअघि नेपाली टिमले श्रीलंकामा केही दिन अभ्यास गर्नेछ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकप यही ७ फेब्रुअरीदेखि ८ मार्चसम्म हुँदै छ। समूह ‘सी’मा रहेको नेपालले दुईपटकको पूर्व विजेताद्वय इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र पहिलोपटक सहभागिता जनाउन लागेको इटालीसँग खेल्नेछ।