संखुवासभामा भालुको आक्रमणबाट एकजना घाइते

मंगलबार, २९ पुष, २०८२
डिजिटल संस्करण

भालुको आक्रमणबाट संखुवासभामा एकजना घाइते भएका छन्। मंगलबार दिउँसो पौने १ बजेतिर मकालु गाउँपालिका–२ तेन्छेनका ५९ वर्षीय पदमप्रसाद पराजुली भालुको आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

दिउँसो घरछेउको बाँसघारीमा बाँस काट्न गएको अवस्थामा पराजुलीलाई भालुले एक्कासि आक्रमण गरेको प्रहरीले जनाएको छ। पराजुलीको दायाँ हातको औँला छैन भने शरीरका अन्य भागहरूमा समेत चोट लागेको छ।

घाइते पराजुलीको उद्वार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार