सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच एनपिएस (नेसनल कार्ड स्विच)अन्तर्गत डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको प्रमुख सदस्यताका लागि सम्झौता भएको छ।
सम्झौताअनुसार एनपिएस (नेसनल कार्ड स्विच)लाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको बैंकले जनाएको छ।
सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र एनसिएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।