नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूलाई एकपटक मात्र समानुपातिक प्रणालीबाट उम्मेदवार बन्न पाउने प्रस्ताव अघि सारेका छन्।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक–राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै शर्माले प्रत्यक्ष वा समानुपातिक दुवैतर्फबाट प्रतिनिधित्वको अवधि निश्चित हुनुपर्ने धारणा राखे। उनका अनुसार समानुपातिक प्रणाली अन्तिम अवसरका रूपमा मात्र प्रयोग हुनुपर्छ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा यो प्रस्तावले पार्टीभित्र नयाँ बहस सुरु गराएको छ।