राष्ट्रिय अनुसन्धानमा रिक्त डिआइजी र एसएसपीमा बढुवा

शनिबार, २६ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभागका रिक्त रहेका अनुसन्धान निर्देशक(डिआइजी) र सहअनुसन्धान निर्देशक(एसएसपी) पदमा बढुवा भएको छ। राजन उप्रेती र नवीन अधिकारी डिआइजी तथा टिका पोखरेल, टेकराज तिमल्सिना र उत्तम खनाल एसएसपीमा बढुवा भएका छन्। गृह मन्त्रालयले शुक्रबार उनीहरुको बढुवा गरेको हो। 

गत साता डिआइजी ओम खड्को अतिरिक्त मुख्य अनुसन्धान निर्देशक(एआइजी)मा बढुवा भएको थियो। कर्णलीमा रिक्त रहेको डिआइजीमा बढुवा भएका अधिकारीलाई खटाइएको छ। 

सुझावित समाचार