माघ १ गतेदेखि चेकमार्फत पाँच लाख रुपैयाँसम्म मात्र नगद निकाल्न पाइने भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमनलाई बलियो बनाउन भन्दै सरकारले गत महिना यससम्बन्धी निर्णय गरेको थियो । जसलाई नेपाल राष्ट्र बैंकले शुक्रबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरेको छ।
सरकारको निर्णय बिहीबार राजपत्रमा प्रकाशित भएको थियो। सोहीअनुसार कार्यान्वयनमा लगिएको हो।जसअनुसार अब पाँच लाखभन्दा धेरैको नगद कारोबार अवैध हुनेछ। हाल १० लाख रुपैयाँसम्म नगद कारोबारको सीमा थियो।
यस्तो छ राजपत्रको सूचना–