आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा बिहीबार काठमाडौंको धुमवाराहीस्थित दियो महलमा सम्पन्न भएको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालको सभाध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचीसहितको वित्तीय विवरण पारित गरेको छ।

वित्तिय विवरणसँगै साधारण सभाले आव २०८२/०८३ को लागि कम्पनीको वाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिकसमेत निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको कम्पनीले जनाएको छ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/०८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशतका दरले हुने ५२ करोड ६३ लाख १५ हजार ७८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरको छ।

विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ। साथै सभाले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ।

सुझावित समाचार