सिँगटी हाइड्रो र मुक्तिनाथ क्यापिटल लिमिटेडबिच सम्झौता

बिहिबार, २४ पुष, २०८२
डिजिटल संस्करण

सिँगटी हाइड्रो इनर्जी लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबिच हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धसम्बन्धी सम्झौता भएको छ । सिँगटी हाइड्रो इनर्जीका तर्फबाट प्रबन्ध सञ्चालक सुदीप खड्का र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले एक कार्यक्रमबिच उक्त सम्झौतापत्रमा हस्ताक्षर  गरे । 

कम्पनीको सोह्रौँ वार्षिक साधारणसभाबाट चुक्ता पुँजीको १:१ को अनुपातमा रु. एक सय  अंकित दरको जम्मा ३,०४,५०,००० कित्ता हकप्रद साधारण सेयर निष्कासन गर्ने निर्णय पारित भएको थियो ।

कम्पनीले उक्त निष्कासनबाट प्राप्त रकम अन्य हाइड्रोपावर कम्पनीहरूबाट प्रवर्द्धन गरेको ६१.११ मेगावाटको नारखोला जलविद्युत् आयोजना तथा ८६.५९ मेगा वाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा लगानी गर्न प्रयोग गरिने कम्पनीका प्रबन्ध सञ्चालकले जानकारी गराएको छ ।

सुझावित समाचार