काठमाडौंको शंखपरापुर नगरपालिका–४ मा बस दुर्घटना भएको छ। पिकनिकमा गएका व्यक्तिहरू सवार बस जहरसिंह पौवाको जंगलमा खसेको छ। दुर्घटनामा केही गम्भीर घाइते भएको उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बसमा ४० यात्रु थिए। बानेश्वरस्थित नेचर हब कम्पनीका कर्मचारीहरू पिकनिकबाट फर्कँदै गर्दा दुर्घटनामा परेका हुन्। प्रहरी वृत्त, बौद्धका डिएसपी सन्तोष रोकाका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।