नेकपा एमाले संखुवासभाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी संखुवासभाको बैठकले व्यापक छलफलपछि राजेन्द्र गौतम, तुलसीप्रसाद न्यौपाने, भवीश्वर गुरुङ, शेरबहादुर कार्की, डा. अर्जुन कार्की र अम्बिका खवास (महिला) को नाम सिफारिस गरेको छ ।
पार्टीको आन्तरिक छलफल, संगठनात्मक आवश्यकता र स्थानीय जनमतलाई आधार मानेर योग्य र अनुभवी व्यक्तिहरूको नाम सिफारिस गरिएको जिल्ला कमिटीले जनाएको छ ।
केन्द्रमा पठाएको उक्त सिफारिस सूचीमा पार्टीका वर्तमान प्रचार विभाग प्रमुख गौतम अग्रपंक्तिमा रहेका छन् । उनी यसअघि दुईपटक प्रतिनिधिसभाको चुनाव लडिसकेका छन् । पहिलोपटक जित र दोस्रोपटक हार व्यहोरेका थिए । त्यसैगरी न्यौपाने कोशी प्रदेशका पूर्वमन्त्री हुन्।
गत प्रदेश सभा निर्वाचनमा पराजित भएको थिए भने डा. कार्की अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । खवास अघिल्लो कार्यकालमा जिल्ला समन्वय समितिका उपप्रमुख रहेका थिए । शेरबहादुर कार्की पार्टीमा योगदान पुर्याएको व्यक्ति भए पनि जिल्लामा त्यति परिचित अनुहार हुन् ।