छिपरमाई गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

पर्साको छिपरमाई गाउँपालिका अध्यक्षसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। बोलपत्रसम्बन्धी सूचना प्रकाशनमा अनियमितता गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह र लेखापाल संजय पटेल तथा विज्ञापन एजेन्सी केएस मल्टिपर्पाेज प्रालि र त्यसका सञ्चालक कमलकुमार उपाध्यायविरुद्ध मुद्दा दायर भएको हो। 

पालिका अध्यक्ष आफैँले नियम मिचेर विज्ञापन प्रकाशनमा कार्यादेश दिएको र लुकाएर विज्ञापन प्रकाशन गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ। तीनवटा विज्ञापन प्रकाशन गर्दा चार लाख २९ हजार चार सय बिगो कायम गरी मुद्दा दायर गरिएको छ। 

सुझावित समाचार