राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीमा नेकपाको उम्मेदवारी दर्ता

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवारी दर्ता गराएको छ।

तीन सिटका लागि निर्वाचन हुन लागेको लुम्बिनीमा नेकपाबाट बाँकेका सर्जन विक (अपांग), दुर्गा भण्डारी (महिला) र नवलपरासी पश्चिमका वृहस्पति अधिकारी (अन्य)ले उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरूले मंगलबार दिउँसो दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारले आजै उम्मेदवारी दर्ता गराइसकेका छन्। लुम्बिनीमा कांग्रेसबाट दाङका वासुदेव जंगली र गुल्मीका चन्द्रबहादुर केसी तथा एमालेबाट गुल्मीकी रामकुमारी झाँक्री राष्ट्रिय सभा सदस्यको उम्मेदवार छन्।

सुझावित समाचार