रास्वपाबाट सिर्जना सिज्जुले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा नाम परेकी सिर्जना सिज्जु (सिर्जना वली)ले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्।

सोलो यात्रा गर्दै पर्यटन प्रवर्द्धनमा सक्रिय रहँदै आएकी सिर्जनाले फेसबुकमार्फत जानकारी दिँदै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट आफूले नाम फिर्ता लिएको घोषणा गरेकी हुन्।

सिज्जुले लेखेकी छिन्, ‘म कुनै पार्टीको विशेष योगदानका कारण होइन, पर्यटन क्षेत्रमा सानो भए पनि योगदान पुर्याएको कारण मेरो नाम सिफारिस भएको हो। यसका लागि म टिम बालेन र टिमका सदस्यप्रति आभारी छु। नयाँ आउने सबैलाई शुभकामना। मैले मेरो नाम फिर्ता लिइसकेकी छु। यात्रामा र प्राविधिक कारणले केही दिन ढिला जानकारी दिनुपरेको हो। राजनीतिबाहिर बसेर पनि हाम्रो दक्षताअनुसार काम गर्न तयार छौँ।’

उनको कदमले पार्टीभित्र नयाँ उम्मेदवारहरूको अवसर खुल्नेछ र सिर्जना पर्यटन क्षेत्रमा आफ्नो सक्रियता जारी राख्ने तयारीमा छिन्।

सुझावित समाचार