बंगलादेशसँग छलफल गर्दैै आइसिसी

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)सँग छलफल गर्ने भएको छ । बंगलादेशले आसन्न टी–२० पुरुष विश्वकपमा भारतमा नखेल्ने निर्णय गरेपछि विवाद सुल्झाउन आइसिसी वार्ताका लागि तयार भएको हो । 

भारतमा आफ्ना खेलाडीहरू सुरक्षित नभएको जनाउँदै बंगलादेशले आफ्ना सबै खेल श्रीलंकामा राख्न आग्रह आइसिसीसमक्ष गरेको छ । बंगलादेशले श्रीलंकाबाहेक अन्य स्थानमा विश्वकप खेल्न नसक्ने अडान राखेको छ । 

आइसिसीले प्रारम्भिक चरणमा बंगलादेशलाई पूर्वघोषित तालिकाअनुसार जानुपर्ने जनाएको छ । विश्वकपअन्तर्गत समूह ‘सी’मा बंगलादेशले तीन खेल खेल्नेछ । बंगलादेशले ७ फेब्रुअरीमा वेस्ट इन्डिज, ९ फेब्रुअरीमा इटाली, १४ फेब्रुअरीमा इंग्ल्यान्ड र १७ फेब्रुअरीमा नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बंगलादेशले पहिलो तीन खेल कोलकाताको इर्डन गार्डेन रंगशालामा प्रतिस्पर्धा गर्नेछ । मुम्बईको बाँखडे रंगशालामा नेपालसँगको खेल तय छ । 

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले इन्डियन प्रिमियर लिगको फ्रेन्चाइज टोली कोलकाता नाइट राइडर्समा अनुबन्ध भएका बंगलादेशी पेस बलर मुस्तफिजुर रहमानलाई हटाउन निर्देशन दिएपछि बंगलादेश र भारतबिच विवाद चर्किएको हो । गत अक्सनमा कोलकाताले रहमानलाई अनुबन्ध गरेको थियो ।

आइसिसीका अध्यक्ष जय शाहले बिसिसिआईसँग विवादको कारण माग गरेको एजेन्सीले जनाएको छ । बंगलादेश क्रिकेट बोर्डले आइसिसीसँगको वार्तामा आफ्ना अध्यक्ष अमिनुल इस्लाम र प्रमुख कार्यकारी निजामुद्दिन चौधरीलाई चयन गरेको छ । 

See More On

सुझावित समाचार