संखुवासभाको मकालु गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।
मंगलबार बिहान मकालु– ५, माङ्सिमाको सिमली खोलानजिकै जंगलमा बिजुलीको तार चुँडिएर करेन्ट लागेको अवस्थामा भारी बोकेर हिँडेका व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
राजवंशीका अनुसार मृतकको पहिचान हुन सकेको छैन। माङ्सिमाका स्थानीय एक व्यक्तिले बाटो हिँड्ने क्रममा बिहान करिब साढे ११ बजेतिर शव देखेको भनेर प्रहरीलाई खबर गरेपछि अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।
नुम प्रहरी चौकीका असइ कमल श्रेष्ठ नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।