नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पार्टी सचिवालय बैठक बोलाएका छन् ।
बैठक मंगलबार बिहान ९ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा समसामयिक राजनीतिक विषयमा छलफलका लागि बोलाइएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, उम्मेदवारी सिफारिस प्रक्रिया र अन्य समसामयिक मुद्दाहरूमा केन्द्रित भएर छलफल हुने सम्भावना रहेको बताइएको छ ।