ईशान बाल तथा महिला अस्पतालले ३०औँ वार्षिक साधारणसभा गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्दनप्रसाद चौधरीले सभा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
०५२ सालमा नेपालकै पहिलो गैरसरकारी बाल अस्पताल, ईशान बाल नर्सिङ होमबाट सुरु भएको थियो । हाल यसले धापासीमार्ग टोखा– ५ बाट अत्याधुनिक सेवा दिँदै आएको छ ।
अस्पतालका अनुसार अन्तर्राष्ट्रिय मापदण्डको बाल, महिला तथा वयस्कसम्बन्धी मल्टिस्पेसियालिटी तथा सुपरस्पेसियालिटी सेवा दिइरहेको चौधरीले सभामार्फत जानकारी गराए । अहिले अस्पतालले जेनेरल बालरोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यक्रिया र बाल युरोलोजी सेवा दिँदै आएको छ ।