पुस १९ देखि २५ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको पुस १९ गते शनिबारदेखि पुस २५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यावसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसँग मनोरञ्जन गर्ने अवसर जुर्नेछ । प्रेमको बन्धन कसिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । सेयरबजारबाट सोचेअनुसारको सफलता मिल्नेछ । साताको अन्त्यमा परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्य धनआर्जन गर्न सकिनेछ । नयाँ योजना अगाडि बढ्नेछ । भाग्यको साथ पूर्ण रूपमा मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसायबाट मनग्य आम्दानी हुनेछ । विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । भेटघाटमा मन रमाउने योग छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । व्यावसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । साताको अन्त्यमा धार्मिक यात्राको योग रहेको छ । मांगलिक कार्य अगाडि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) इच्छाएको जिम्मेवारी प्राप्त हुने समय आएको छ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । बुद्धिको उपयोग गरी भाग्य बढाउने समय छ । व्यावसायिक काम बिचमा अवरुद्ध बन्न सक्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहनेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । इच्छाएको जिम्मेवारी प्राप्त हुन सक्छ । आफन्तहरूको सहयोगमा नयाँ कामको जिम्मेवारी मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको प्रारम्भमा प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समय फलदायी रहेको छ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिनेछ । विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधुप गर्नुपर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) साताको प्रारम्भमा धार्मिक यात्राको योग रहेकाले मनमा खुसियाली छाउनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । व्यापार–व्यवसाय फस्टाएर जाने हुनाले मनग्य धनआर्जन गर्न सकिनेछ । घरमा मांगलिक कार्यको थालनी हुनेछ । आफन्तहरूसँग बसेर महत्वपूर्ण निर्णयमा सबैको साथ र सहयोग प्राप्त हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कामको चाप र दायित्व बढ्नेछ । साझेदारी र सट्टापट्टाबाट बेफाइदा देखिन्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन–अध्यापनमा सफलता मिल्ने देखिन्छ । साथीभाइ, बन्धुबान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिनेछ । सन्तान पक्षबाट राम्रै सहयोग मिल्नेछ । वैदेशिक यात्रा सफल हुनेछ । अभिभावकवर्गको आशीर्वादले काम गर्न बन्ने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्ने योग रहेको छ । ढिला भएका कामहरूले गति लिनेछन् । नयाँ सम्बन्ध कायम हुनेछ । साताको अन्त्यमा खुसीको वातावरण सिर्जना हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउनेछ । ढिलै भए पनि तपाईंको अनुकूलताले नै काम सम्पन्न हुनेछ । बुधबारदेखि आफन्तबाट टाढिनुपर्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ ।  साताको अन्त्यमा अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । लगानी सुरक्षित हुने वातावरण बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेका कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ । बुधबारपछि बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । छोटो दूरीको यात्रा फलदायी रहला । सरकारी तथा निजी क्षेत्रमा पुन: प्रयत्न गरे अवसर मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आत्मविश्वासमा अभिवृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुनेछ । धन कमाउने योग छ । सेयर कारोबारमा लगानी बढाउँदा फाइदा पुग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग रहेको छ । काम गर्न जाँगर चल्नेछ । प्रेमबन्धनमा बाँधिने वेला छ । आम्दानीमा कमी हुनेछैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुंग हुनेछ । साताको अन्त्यमा अचल सम्पत्ति हात पर्नेछ । राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रबल छ ।

See More On

सुझावित समाचार