अर्ली इलेक्सन गर्ने एन्फाको निर्णय

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण
अर्ली इलेक्सन गर्ने एन्फाको निर्णय

फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी साधारणसभा माघ २८ गते हुने भएको छ। बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमिति बैठकले माघ अन्तिम साता चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो। 

५ असार २०७९ मा भएको निर्वाचनबाट चुनिएको वर्तमान एन्फा कार्यसमितिको कार्यकाल आगामी असार ४ गते पूरा हुँदै छ। तर, त्यही समयमा अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप फुटबल प्रतियोगिता हुने भन्दै त्यसअघि नै अर्ली इलेक्सन गर्ने पक्षमा एन्फा नेतृत्व पुगेको हो।

त्यस्तै, एन्फाले ४९ जिल्ला र सात प्रदेशको निर्वाचनविनै केन्द्रको निर्वाचन गर्न लागेको छ। यद्यपि, यही विषयमा केही पदाधिकारीले असन्तुष्टि जनाए पनि अध्यक्ष पंकजविक्रम नेम्वाङले बहुमत पक्षधरको साथ मिति टुंगो लगाएका हुन्।

सुझावित समाचार