एनपिएल ट्रफी टुर सिद्धार्थ रंगशालामा

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता लुम्बिनी लायन्सको ट्रफी टुर मंगलबार भैरहवा पुगेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा लुम्बिनी लायन्सको ट्रफीलाई सेलिब्रेसन गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले बताए ।

बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भएको ट्रफी टुर भैरहवास्थित सिद्धार्थ रंगशालामा सेलिब्रेसन गरिएको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामा ट्रफी टुरअन्तर्गत भैरहवा पुगेको हो । लुम्बिनी प्रदेशका खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेयले विजेता खेलाडीहरूको स्वागत गरेका थिए ।

लुम्बिनीले यसपटक ट्रफी जितेकामा प्रदेशवासी हर्षित भएको मन्त्री सन्तोषकुमारले बताए । उपाधि विजेता लुम्बिनी लायन्सलाई मन्त्रालयले ११ लाख ११ हजार रुपैयाँ दिने घोषणा गरिसकेको छ । 

See More On

सुझावित समाचार