२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची लिएर नेपाली कांग्रेसका नेताहरू मध्यराति निर्वाचन आयोग पुगेका छन्। पार्टीले समानुपातिक उम्मेदवार छनोटको निर्णयमा विलम्ब गर्दा बन्दसूची बुझाउन ढिलाइ गरेको हो।
कांग्रेस नेता टेकबहादुर विकले बन्दसूचीको रुजु मिलाउने काम भइरहेको र केही समयमा बुझाइने बताए।
एमालेले पनि सोमबार बेलुका बन्दसूची बुझाएको छ। बन्दसूची बुझाउन ५७ दलले निस्सा लिइसकेका छन्। जसमध्ये दुई दर्जन दलले अझै बुझाउन बाँकी रहेको आयोगले जनाएको छ।