चन्द्र भण्डारी भन्छन्– घर भत्काउने होइन, भित्र सुधार गर्नुपर्छ

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुक सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत नेता भण्डारीले संवाद जरुरी भएको कुरामा जोड दिएका हुन्।

उनले घरको भित्री संरचना परिवर्तन र आवश्यक सुधार गर्न आवश्यक रहेको बताउँदै त्यो सम्भव भएको पनि उल्लेख गरेका छन्। तर, घर भत्काउनु समाधान नहुने उनको तर्क छ।

यस्तो छ उनको फेसबुक स्टाटस  
मुलुक- सहयोग, समझदारी र दिशा निर्देशनको प्रतीक्षामा छ। मुलुकले संवाद खोजेको छ। तर, दुःखको कुरा, समाचार र सम्बन्धहरू दिनानुदिन हलुका बन्दै गएका छन्। घरको भित्री संरचना परिवर्तन र आवश्यक सुधार गर्न सकिन्छ । तर, घर भत्काउनु समाधान होइन।

सुझावित समाचार