सुडानविरुद्ध अल्जेरियाको सानदार जित

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

अफ्रिकी कप अफ नेसन्समा अल्जेरियाले सुडानलाई ३–० ले हराएको छ । समूह ‘ई’को बुधबार राति भएको प्रतिस्पर्धामा अल्जेरियाको सानदार जितमा रियाद महराजले दुई तथा माजाले एक गोल गरेका थिए । खेलको ३९औँ मिनेटमा सुडानका सालाह आदिल दोहोरो पहेँलो कार्ड व्यहोर्दे मैदान छाडेका थिए ।

त्यसपछि सुडानले अल्जेरियाविरुद्ध १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो । जितसँगै अल्जेरियाले पहिलो खेलमै ३ अंक जोडेको छ । यसै समूहमा बुर्किना फासोले गुएनालाई २–१ हराएको छ ।

नेसन्स कपअन्तर्गत समूह ‘एफ’मा आइभोरी कोस्टले मोजाम्बिकमाथि १–० को जित निकाल्यो । क्यामरुनले गावोनलाई १–० ले हराएको छ । आइभोरी कोस्टको जितमा एक मात्र गोल डिआलोले खेलको ४९औँ मिनेटमा गरेका थिए । 

See More On

सुझावित समाचार