पूर्वाधार विकासमा लगानी भित्र्याउन सहजीकरण गरिने

बिहिबार, १० पुष, २०८२
डिजिटल संस्करण

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मुलुकमा पूर्वाधार विकासको स्थिति कमजोर रहेको उल्लेख गरेका छन् । पूर्वाधार संरचना विस्तारका निम्ति संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए । 

साथै, पूर्वाधार विकासमा वैदेशिक लगानी परिचालनका निम्ति नीतिगत र संरचनागत वातावरण सहज हुनुपर्ने विचार उनले व्यक्त गरे । ‘आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थशास्त्री, आर्थिक तथा वित्तीय क्षेत्रका सरोकारवाला संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेलले आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक नीतिको कार्यदिशालाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

सुझावित समाचार