रामेछापको फुलासीमा ट्रक दुर्घटना हुँदा तीनजना घाइते

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

रामेछापको मन्थली नगरपालिका– १३, फुलासीको मिल्तीबाट वडा नम्बर १४ को पोखरीडाँडातर्फ जाँदै गरेको बा.४ख ७५३७ नम्बरको ट्रक मंगलाबार दिउँसो दुर्घटनामा परेको छ।

दुर्घटनामा ट्रकमा सवार चालकसहित तीनजना घाइते भएका छन्। घाइते तीनैजनाको स्थानीयहरूले उद्धार गरी उपचारका लागि सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पताल पठाएका छन्।

अहिले घटनास्थलमा प्रहरी र स्थानीयहरूले सडकमा पल्टिएको ट्रक हटाएर सडक खुलाउने काम गरिरहेका प्रहरी चौकी पोखरीडाँडाले जनाएको छ। 

घाइते तीनैजनाको अवस्था मध्यम छ। घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार