कोटेश्वरमा भएको दुर्घटनामा एकको मृत्यु

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

काठमाडाैं महानगरपालिका– ३२, कोटेश्वरमा भएकोे दुर्घटनामा एकजनाको मृत्यु भएको छ। बा.८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोमबार राति एक पैदलयात्रीकाे मृत्यु हो। मृत्यु भएका व्यक्ति अन्दाजी ६० वर्षीय भएको र उनको सनाखत नभएको प्रहरीले जनाएको छ। 

 दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकलचालकलाई नियन्त्रणमा लिएको छ। 

सुझावित समाचार