सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधारण नागरिकहरूको सेवा–सुविधाका लागि नेपाल एपिएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ । मेडिकल कलेजका लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी छ ।
अस्पतालको स्तरवृद्धिको अवधारणाअनुरूप पछिल्लो तीन वर्षमा दुईवटा नयाँ माड्युलर अप्रेसन थियटरको निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
सो युनिट स्थापनासँगै क्यान्सर रोगको उपचार सेवासमेत सुरु भएको छ । त्यस्तै, इन्ट्रानेट तथा इन्टरनेटजडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयहरूमा टेलिमेडिसिन सेवासमेत सञ्चालन गर्दै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्यसम्बन्धी जानकारी लिन सकिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नेपाल एपिएफ अस्पताललाई तीन सय शय्या क्षमताको अस्पताल सञ्चालनका लागि ०८१ असोजमा इजाजतपत्र प्राप्त भएपछि सञ्चालनमा ल्याइएको हो ।
त्यस्तै, नेपाल सरकार (सचिवस्तर) को मिति २०८० पुस २२ गतेको निर्णयअनुसार नेपाल एपिएफ अस्पतालले विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम सर्वसाधारणहरूका लागि समेत हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो ।
यसैगरी, कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातैवटा प्रदेशमा रहेका फिल्ड अस्पतालसमेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।
यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डाक्टरले कमान्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आमसर्वसाधारणले समेत स्वास्थ्य सेवा पाउनेछन् ।
यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातैवटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।
यसअघि फिल्ड अस्पताल र कुरिनटारको ट्रमा सेन्टरमा प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डाक्टरको कमान्ड रहेकोमा अब प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक डाक्टरले कमान्ड गर्नेछन् । स्थायी भएसँगै ती अस्पतालबाट आमसर्वसाधारणले समेत स्वास्थ्य सेवा पाउनेछन् ।