पोखरा खुला एमेच्योर गल्फ प्रतियोगिताको उपाधि पोखरेललाई

गुरुङ र दिप्सनको जोडीले हात पारे टिमतर्फको उपाधि

आइतबार, ६ पुष, २०८२
डिजिटल संस्करण

काठमाडौंका दीपक पोखरेलले पोखरा खुला एमेच्योर गल्फ प्रतियोगिता ०८२ को उपाधि हात पारेका छन् । पार ६९ को हिमालयन गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा सहभागी अन्य ९५ प्रतिस्पर्धीहरूलाई पछि पार्दै ३९ अंकसहित पोखरेलले उपाधि हात पारेका हुन् ।

काठमाडौंका विश्वमोहन गुरुङले ३६ अंकसहित दोस्रो स्थान हात पार्दा पोखराका बलराम थापाले ३५ अंकसहित तेस्रो स्थान हात पारे । प्रतियोगितामा प्रथम हुनेले १५, दोस्रोले १० र तेस्रोले पाँच हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गरे ।

कास्की जिल्ला गल्फ संघको आयोजना, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल गल्फ संघ, प्रदेश गल्फ संघ तथा हिमालयन गल्फ क्लब पोखराको सहकार्यमा प्रतियोगिता आयोजना भएको हो । 
यसैगरि टिम प्रतिस्पर्धातर्फ साविक विजेता प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीले अण्डर थर्टिन हान्दै उपाधि हात पार्दा काठमाडौँका अभानी राई र शवनिल भट्टराईको जोडीले एघार हान्दै दोस्रो, पोखराका भत्तराज गुरुङ र सोम गुरुङको जोडी तेस्रो हँुदा काठमाडौँका दिपक पोखरेल र श्रीराम थापाको जोडी सात अण्डर हान्दै सान्त्वना स्थान हात पारेका थिए । उनीहरूले क्रमशः ५०, ३०, २० र १० हजार नगदसहित ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताअन्र्तगत महिलातर्फ (नेट) काठमाडौंकी गीता गुरुङले २७ अंकका साथ उपाधि हात पार्दा २७ अंक ल्याएकी काठमाडौंकी आभानी राई काउण्ट व्याकमा दोसो भईन । उनीहरुले क्रमशः १० र पाँच हजार नगदसहित ट्रफी पाए ।

सिनियर ६५ वर्षमाथिको उमेर समूहमा पोखराका मेजर विजय मुक्तान २९ अंकका साथ प्रथम, नवल्टीतर्फको लङ्गेष्ट ड्राइभमा ३१५ यार्डको दुरी हान्न सफल काठमाडौँका प्रकृत तामाङ प्रथम, क्लोजेष्ट टु दि पिनतर्फ पोखराका भत्तराज गुरुङ प्रथम, लमजुङ घर भै हाल बेलायत बस्दै आएका र गोर्खा गल्फ सोसाइटीका अध्यक्ष समेत रहेका गिताजंग गुरुङले सर्वाधिक बर्डी हिर्काउने गल्फरको उपाधि हात पारेका थिए । उनीहरु चारजनाले जनही नगद पाँच हजार पुरस्कार पाए ।
ग्रसतर्फको प्रतिस्पर्धामा काठमाडौँका कवि थापाले ३१ अंकका साथ उपाधि हात पार्दा बेलायतका गिताजंग गुरुङले ३० अंकका साथ दोस्रो हुदै क्रमशः १५ र १० हजार नगद पुरस्कार पाएका आयोजक कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले जानकारी दिए । प्रतियोगिताको सबै विधामा गरि १०६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

विजेता खेलाडीहरुलाई हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसी, रोयल नेपाल गल्फ क्लब (काठमाडौं) का अध्यक्ष मधुकर याक्थुम्बा, हिसान कास्कीका सचिव किरण सापकोटा, नेपाल आर्चरी संघका सचिव योगेन्द्र शेरचनलगायतले पुरस्कार वितरण गरेका थिए ।
 

सुझावित समाचार