बुद्ध एयरबाट रवि लामिछाने दिउँसो काठमाडौं आउने

शनिबार, ५ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट बुद्ध एयरको विमानमा काठमाडौं आउने भएका छन्। चितवनको भरतपुर चौबिसकोटीमा सम्बोधन गरेर उनी अपराह्न १:५० बजेको विमानमा काठमाडौं आउने भएका हुन्।

उनको सचिवालयले दिएको जानकारीअनुसार आजै उनले जेन–जी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई भेट्न जाने कार्यक्रमको सुरुवात गर्नेछन्।आइतबार दिउँसो ३ बजे पार्टीले पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

सुझावित समाचार