आठ सिडिओको अन्य निकायमा सरुवा

शुक्रबार, ४ पुष, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयअन्तर्गत प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत आठ सहसचिवको अन्य मन्त्रालय तथा निकायमा सरुवा भएको छ । 

सरकारले बिहीबार एकैपटक ६० सहसचिवको सरुवा गरेको हो । जसमा गृह मन्त्रालयमातहतका १३ जनाको अन्यत्र जिम्मेवारी दिइएको छ ।  

लमजुङका सिडिओ डा. टोकराज पाण्डेको मुख्यमन्त्रीको कार्यालय गण्डकी,  खोटाङकी कल्पना श्रेष्ठको उद्योग मन्त्रालय,  इलामकी सुनिता नेपालको लगानी बोर्डको सचिवालय,  सल्यानका नेत्रप्रसाद सुवेदीको उद्योग मन्त्रालय, पूर्वी नवलपरासीका कृष्णप्रसाद लम्सालको मुख्यमन्त्री कार्यालय गण्डकीमा सरुवा भएको छ । दोलखाका सिडिओ नारायणप्रसाद रिसालको मुख्यमन्त्री कार्यालय कोशी,  सिन्धुपाल्चोकका बन्धुप्रसाद बाँस्तोलाको मुख्यमन्त्री कार्यालय लुम्बिनी,  बाराका सिडिओ धर्मन्द्र मिश्रको मुख्यमन्त्री कार्यालय मधेश प्रदेशमा मन्त्रालयमा सरुवा भएको हो । 

त्यस्तै, कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माको कर्णाली प्रदेश, मन्त्रालयमा कार्यरत गोपालप्रसाद अर्यालको प्रधानमन्त्री कार्यालय,  गोविन्द रिजालको भूूमि मन्त्रालय, शंकरहरि आचार्यको राष्ट्रिय योजना आयोग, खिमबहादुर रायमाझीको मुख्यमन्त्री कार्यालय लुम्बिनीमा  सरुवा भएको छ । 

सातजना नयाँ सहसचिवहरू गृहमा भित्रिएका छन् । रेखा कँडेल, निश्चलराज पाण्डे, राजन पौडेल, लक्ष्मीप्रसाद पौडेल, मदन कोइराला, उमेश ढुंगाना, शान्तिप्रसाद प्रसाईं गृह मन्त्रालयमा अन्यत्रबाट आएका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो सरुवा गरेको हो । 

सरुवा सूचीः 
 

सुझावित समाचार