दोभान कप जारी, २४ टिम प्रतिस्पर्धा गर्दै

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

न्यू स्टार, बौद्ध शान्ति क्लब रामघाट, मूलमिल, रामघाट र धारापानी क्लबले कास्कीको रूपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा जित हात पारेका छन् ।

दोभान क्लबको आयोजनामा रूपा–६, भिरचोकस्थित खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन पाँच खेल सम्पन्न भएका थिए। पहिलो खेलमा न्यू स्टारले गगनगौँडालाई २–० ले, दोस्रो खेलमा बौद्ध शान्तिले खेम माइला क्लबलाई २–० ले, तेस्रो खेलमा मूलमिलले आयोजकलाई टाइब्रेकरमा ४–३ ले, चौथो खेलमा रामघाटले म्याग्दीलाई ३–० र पाँचौँ खेलमा धारापानीले डाँडापाखालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका थिए।

२४ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले समेत आकर्षक पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता ५ पुससम्म सञ्चालन हुनेछ।

सुझावित समाचार