रामेछापमा मृत अवस्थामा पुरुषको शव फेला

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

मन्थली नगरपालिका– १, रणजोर खोलानजिकै बुधबार बिहान एक पुरुषकाे शव फेला परेकाे छ ।  मृतक रामेछाप नगरपालिका– २, देउराली स्थायी घर भई हाल सदरमुकाम मन्थली नगरपालिका– १ मा अस्थायी रूपमा बसोबास गर्दै आएका जयबहादुर रैकामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

आज (बुधबार) बिहान रणजोर खोलानजिक एक पुरुष लडिरहेको अवस्थामा स्थानीय बटुवाहरूले देखेपछि प्रहरीमा खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरीले निज रैकामगरलाई मृत अवस्थामा फेला पारेको हो ।

मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा पठाइएको छ । मृतकले मादकपदार्थ सेवन गरेको र चिसोको कारण लडेकै स्थानमा मृत्यु भएको हुन सक्ने प्रहरीकाे अनुमान छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । 
    

सुझावित समाचार