सिद्धार्थका ग्राहकलाई सोल्टी होटेलमा २० प्रतिशतसम्म छुट

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

सिद्धार्थ बैंक र द सोल्टी होटेल्स एन्ड रिसोर्टबिच एकआपसमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताले ग्राहकलार्ई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवनमा बैंकका ग्राहकले उल्लिखित छुट पाउनेछन् ।

त्यस्तै, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाइड पोखरा, टाइगर प्यालेस बाई सोल्टी भैरहवा, मिथिला यात्री निवास जनकपुर, अन्तर्राष्ट्रिय विमानस्थलस्थित होराइजन लाउन्ज र आन्तरिक विमानस्थलस्थित होराइजन क्याफेमा समेत बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

बैंकका अनुसार डेबिट कार्ड वा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० वा प्लेटिनम क्रेडिट कार्ड वा नारी डेबिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट हुनेछ ।

सुझावित समाचार